
३० कात्तिक ०७८, काठमाडौं । काभ्रेको पनौती नगरपालिका १० बस्ने २५ वर्षीय गणेश बहादुर कार्की यसै ठाँउको पावर हाउसस्थित सडक नजिक मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
विगत ३ दिनदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
साथै काभ्रेकै बनेपा नगरपालिका ९ सागर ग्याँसस्थित सडकको नालामा यसै गरपालिकास्थित च्याउ कृषि फर्ममा काम गरी बस्ने मोरङ बेलबारी घर भएकी ४० वर्षीया शान्ता बिक मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
साथै काठमाडौंको कीर्तिपुर नगरपालिका ४ पुष्पलाल पार्कस्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।







प्रतिक्रिया