१६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अव विग विङ्गो मोवाइलबाटै सित्तैमा खेल्न सकिने, हरेक हप्ता पुरस्कार




६मंसिर ०७८,काठमाडौँ । विश्वभरी खेलिने लोकप्रिय पारिवारिक खेल बिग
बिंगो अब नेपालमा सित्तैमा टिकट लिएर सजिलै आफ्नो मोबाइलमा नै खेल्न सकिने भएको छ ।
जहाँ पहिलो लाइनको पुरस्कार स्वरुप रू ११ हजार , दोश्रो लाइनको पुरस्कार स्वरुप रू ११ हजार ,तेश्रो लाइनको पुरस्कार स्वरुप रु ११ हजार र अन्त्यमा हाउसफुलको पुरस्कार स्वरुप रू ५१ हजार रुपैयाँ हरेक हप्ता जित्न सकिने जनाइएको छ ।
विश्वमै पहिलोपटक लाखौं जना एकैसाथ बसेर अनलाइनमार्फत खेल्न सकिने गरी बनाएको यो गेम नेपालीहरुले बनाएका हुन ।
यो गेम खेल्नको लागी प्ले स्टोरबाट विग विङ्यो टाइप गरी गेम डाउनलोड गरी निशुल्कमा बिंगो टिकट लिन सकिन्छ भने आइफÞोन प्रयोगकर्ताहरूले भने वेभ साइट लगिन गरी बिंगो टिकट लिन सकिने कम्पनीले जारी गरेका ेविज्ञप्तीमा जनाइएको छ ।
यो कार्यक्रम हरेक हप्ताको शुक्रबार साँझ ६ बजेदेखी योहो एचडी टेलिभिजन र मोबाइल एपमा लाइभ खेल्न सकिने विज्ञप्तीमा उल्येख छ ।
विज्ञप्ती अनुसार टिकट लिनको लागि भिडियो हेर्नू पर्ने हुन्छ र सहि जवाफ दिइसकेपछि मात्रै टिकट प्राप्त गर्न सकिन्छ । गेमको मुख्य उदेश्य भिडियोमार्फत सामाजिक सन्देश दिनु रहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ९ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।