१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपाल प्रहरीमा २ हजार भन्दा धेरै पदका लागि जागिर खुल्यो




११ मंसिर ०७८, काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगी पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ ।
प्रहरी निरीक्षक (जनपद) पदका लागि १ सय ४६ जना, प्रहरी जवान (जनपद) पदका लागि १ हजार ९ सय ७१ जना र प्रहरी कार्यालय सहयोगीमा २ सय ३ जना गरी जम्मा २ हजार ३ सय २० जनाका लागि हाल दरखास्त आव्हान गरिएको हो ।
प्रहरी निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम लिन र बुझाउन सकिने छ ।
नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले मंसिर १९ गतेदेखि पुस २३ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् । दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धीत पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ९ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।