१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आगलागीमा परेर २ बालबालिकाको मृत्यु



प्रतिकात्मक तस्बिर

१२ मङ्सिर ०७८, भरतपुर । चितवनको राप्ती नगरपालिकाको एउटा घरमा आगलागी हुँदा दुईजना बालबालिकाको जलेर मृत्यु भएको छ।

राप्ती नगरपालिका वडा नम्बर १ मैनाटारस्थित जितबहादुर रुम्बाको घरमा शनिबार आगलागी भएको थियो। आगलागीमा परी जितबहादुरको छोरातर्फको नाति तीन वर्षीय सुरज र उनकै छोरीतर्फको तीन वर्षीया नातिनी मनिषा तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छआगलागीबाट घर, घरमा भएको लत्ताकपडा, खाद्यान्न, भाडाकुँडा पूर्णरुपमा जलेर नष्ट भएको छ। घरमा अभिभावक नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।
सोलारको ब्याट्री सर्टको कारण आगलागी भएको अनुमान गरिएको छ। शनिबार घटना भए पनि विकट पहाडी क्षेत्र भएकाले आइतबार मात्र घटनाको जानकारी गराएको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि भरतपुर अस्पतालमा पठाइएको छ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १२ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।