१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जसपाका प्रदेश सासंद तामाङले हाले काँग्रेसलाई भोट




शिव चौलागाईं
१९ मंसिर ०७८, हेटौडा ।  हेटौंडामा भएको कांग्रेस प्रदेश अधिवेशनमा जनता समाजवादी पार्टी (जसपा)का बाग्मती प्रदेश सभा सदस्य प्रेम तामाङले पनि मतदान गरेका छन् । उनी रसुवाबाट कांग्रेस प्रतिनिधि बनेको हुन् । श्रोतका अनुसार बाग्मती प्रदेश सभामा जसपाको तर्फबाट सांसद रहेका तामाङले शनिबार राति ९ बजेतिर अधिवेशनस्थल वन विज्ञान अध्ययन संस्थानमा मतदान गरेका थिए । उनी बाग्मती प्रदेश सभामा जसपाका तर्फबाट एक मात्र सांसद हुन् । केही समयअघि नै उनी कांग्रेस प्रवेश गरेका थिए ।
१९ मंसिर ०७८, मकवानपुर । नेपाली कांग्रेसको बाग्मती प्रदेश समितिका लागि भएको निर्वाचनमा शनिबार दुई हजार ८३ जना प्रतिनिधिले मतदान गरे । अधिवेशनका लागि प्रदेशका विभिन्न १३ जिल्लाबाट दुई हजार एक सय ५० जना प्रतिनिधि छानिएका थिए । शनिबार मध्यराति सकिएको चुनावमा ६७ जना अनुपस्थित भए ।
प्रदेश समितिको सभापतिमा इन्द्रबहादुर बानियाँ, भीमसेनदास प्रधान र जगदीश्वरनरसिंह केसीबीच प्रतिस्पर्धा भएको थियो । तर पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सकेनन् । जसकारण आइतबार दोस्रो चरणको मतदान भइरहेको छ ।
न्युज कारखाना

 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।