१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दोश्रो पल्ट कोरोना देखिएपछि विद्यालय फेरि बन्द



फाइल तस्विर

२२ मंसिर ०७८,बैतडी । विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको एक विद्यालय आजदेखि दोस्रोपटक बन्द गरिएको छ । जिल्लाको पाटन नगरपालिका ४ स्थित भूमेश्वर मावि ठाँडमा कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि विद्यालयलाई यसअघि मङ्सिर १९ गतेदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको थियो ।
यस्तै मङ्गलबार थप एक छात्रामा कोरोना देखिएपछि थप तीन दिन मङ्सिर २४ गतेसम्मका लागि विद्यालय बन्द गरिएको विद्यालयका शिक्षिका सुशीला भण्डारीले जानकारी दिएका छन् । सङ्क्रमित विद्यार्थीको सम्पर्कमा रहेका विद्यार्थी र शिक्षकको कन्ट्र्याक्ट ट्रेसिङ गरी कोरोना परीक्षण गर्नुपर्ने भएकाले थप तीन दिन विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ ।
यसअघि सो विद्यालयमा अध्ययनरत एक छात्रा मङ्सिर १७ गते कोरोना देखिएपछि मङ्सिर १९ गतेदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको थियो । थप एक छात्रामा कोरोना देखिएपछि विद्यालय फेरि तीन दिनका लागि बन्द गरिएको हो ।

यस जिल्लामा हाल कोरोनाका चारजना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सबै पाटन नगरपालिकाकै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’छिमेकी देश भारतमासमेत देखा परेकाले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ ।
भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा कोरोनाका कारण हालसम्म १८ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ११ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।