१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


लमजुङमा जीप दुर्घटना : तीनजनाको घटनास्थलमै मृत्यु   



२३ मंसिर ०७८, लमजुङ ।  मस्र्याङ्दी गाउँपालिका– ८ भुस्मे नजिकै आज बिहान ग१ज ६३१७ नंको जीप दुर्घटना हुँदा एक शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।

सो जीपमा मस्र्याङ्दी –९ सिम्पानीस्थित गणेश माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थी शैक्षिक भ्रमणका लागि रहेका थिए । सो दुर्घटनमा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए ।

उनका अनुसार मृत्यु हुनेमा कपिलबस्तु बाडनिय गाउँपालिका– ८ घर भई साही विद्यालयका शिक्षक ३८ वर्षीय कमल राना थापा, मस्र्याङ्दी –९ का सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ छात्रा प्रर्मिसा गुरुङ, कक्षा ६ मा अध्ययनरत १२ वर्षीय गणेश भण्डारी छन् । उनीहरुको जीपमा च्यापिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालकसहित आठ घाइते भएका छन् । घाइतेको स्थानीय र प्रहरीले उद्धार गरी बेंसीशहर नगरपालिका– ८ स्थित जिल्ला अस्पताल लमजुङमा ल्याइएको छ ।

घाइतेमध्ये चालक र १४ वर्षीय विद्यार्थीलाई भने अस्पतालले रिफर गरेर भरतपुर लैजाँदै गरेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । अन्य छ जनाको भने जिल्ला अस्पतालमै उपचार भइरहेको छ । घाइते आठ जनाकै पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । उनीहरुको टाउको, अनुहार, हातखुट्टालगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको छ । तीन जीपमा शिक्षक र विद्यार्थी शैक्षिक भ्रमणका हिँडेका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ४ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।