८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सन्तनेता भट्टराईको राजनीतिक आदर्श उदाहरणीय




२३ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सन्तनेता स्व कृष्णप्रसाद भट्टराईको राजनीतिक आदर्श सबैका लागि प्रेरणा भएको बताएका छन् ।
आज विहीबार काठमाडौँ महानगरपालिकाले बानेश्वरस्थित निर्माण गरेको छक्कुपक्कु उद्यानमा पूर्वप्रधानमन्त्री भट्टराईको शालिक अनावरण गर्ने क्रममा नेता सिंहले भट्टराई राजनीतिक आदर्श भएका व्यक्ति भएको बताए । “बानेश्वर, भट्टराईको राजनीतिक जीवनसँग सम्बन्ध जोडिएको ठाउँ हो । त्यसैले हामीले यस पार्कमा शालिक राख्ने निर्णय गरेका हौँ”, कार्यक्रममा वडा १० का अध्यक्ष रामकुमार केसीले भने, “नेता भट्टराई पार्टीभन्दा माथि हुनुहुन्थ्यो ।’’
कृष्णप्रसाद भट्टराई प्रतिष्ठानका महासचिव विनोद भट्टराईसहितका वक्ताले उनको राजनीतिक जीवनका विषयमा चर्चा गरेका थिए । शालिक धनबहादुर याख्खाले बनाएको हुन् । ढलोटबाट निर्माण गरिएको उक्त शालिक र यसलाई राख्ने आसनसहित रु १० लाख खर्च भएको वडाध्यक्ष केसीले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ९ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।