१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


माओवादी केन्द्र उपत्यका विशेष प्रदेश अध्यक्षमा सिंखडा




२७ मंसिर ०७८, काठमाडौं । नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश अध्यक्षमा जगत सिंखडा चयन भएका छन् ।
आइतबार राति सम्पन्न प्रथम अधिवेशनले उपाध्यक्षमा कृष्णराज केसी, संगीता खड्का र प्रकाश पाण्डेलाई चयन गरेको छ । सचिवमा सुरेन्द्र बस्नेत चुनिदा सहसचिवमा गोगन मल्ल र विष्णु थापा तथा कोषाध्यक्षमा शंकर अधिकारी चयन भए ।
निर्वाचन समितिका प्रमुख जगतकृष्ण पोखरेलका १ सय ४१ सदस्यीय प्रदेश कमिटी चयन भएको हो ।
आयोजक समितिका अध्यक्ष लेखनाथ न्यौपानेले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पनि परिमार्जनसहित पारित भएको छ । न्युज कारखाना

 

 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ८ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।