
२७ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा चार हजार २ सय ९६ मत खसेको छ । कांग्रेसको ११.४५ बजेदेखि सुरु भएको मतदानमा अहिले राति ९ बजेसम्म चार हजार २ सय ९६ मत खसेको हो । जम्मा १ सय ३२ पदका लागि ४ सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रियसभा गृहमा एक हजार ३ सय ८२ र भृकुटीमण्डपका दुई स्थान (प्रदर्शनी हल र प्राङ्गण)मा दुई हजार ९ सय १४ मत खसेको हो । निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १ सय र एक हजार ३०० तथा राष्ट्रिसभा गृहमा एक हजार ३ सय मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ ।
कांग्रेस विधानअनुसार १ सय ६७ सदस्यीय कार्यसमितिमध्ये १ सय ३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७ सय ४३ रहेको छ ।
२७ मंसिर २०७८, सोमबार
0
Shares







प्रतिक्रिया