१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दै



राजधानीको च्यासलमा आगो ताप्दै सर्वसाधा।ण । ललितपुर खबर

२८ मंसिर ०७८, काठमाडौं । काठमाडौंसहित मुलुकभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार राति र बिहानपख तापक्रम घट्न थालेको हो ।
काठमाडौं उपत्यकामा दिउँसोपख घाम लागे पनि साँझबिहान चिसो हुने गरेको छ । पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ४.३ डिग्री सेल्सियसमा झरेको छ । त्यसअघिल्लो दिन काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री थियो । अधितम तापक्रम पनि घटेर १९.८ डिग्रीमा सीमित भएको छ ।
सबैभन्दा कम तापक्रम जुम्लाको रहेको छ । महाशाखाका अनुसार जुम्लामा न्यूनतम तापक्रम ४.६ डिग्री हुँदा अधिकतम १५ डिग्री रहेको छ ।
तराईका जिल्लामा पनि तापक्रम घट्न थालेको छ । बिहान हुस्सु लाग्न थालेपछि तराईको जनजीवन प्रभावित बनेको हो । भैरहवाको न्यूनतम तापक्रम ९ डिग्री छ भने धनगढीको तापक्रम पनि ९.५ डिग्रीमा झरेको छ ।
मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ ।
दिउँसो लुम्बिनी, गण्डकी र बागमतीमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।ब

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ७ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।