१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मौसम बुलेटिन —आज कहाँ कहाँ वर्षा र हिमपातको सम्भावना ?



३ पुस ०७८, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । शनिबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति उच्च पहाडी तथा हिमाली क्षेत्रका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आइतबार पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ७ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।