१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पेस्तोल देखाई ३ युवाले एक महिलाको सुनको सिक्री लुटेर भागेपछि …



६ पुस ०७८, नवलपरासी(पूर्व) । गैंडाकोट नगरपालिका १६ अमरापुरीस्थित पसलमा बसिरहेकी ४७ वर्षीया लुटेर भाग्दै गरेका ३ जनालाई १ थान पेस्तोल र ४ राउण्ड गोली सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नवलपरासी (पश्चिम) रुपौलिया गाउँपालिका १ बस्ने २२ वर्षीय राम बहादुर क्षेत्री, गैँडाकोट नगरपालिका १४ बस्ने ३४ वर्षीय आशिष सुनार र नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका ९ बस्ने २० वर्षीय संजय गुरुङ रहेका छन् ।
ती महिला पसलमा बसिरहेको अवस्थामा लु.४० प ८४३६ नम्बरको मोटरसाइकलमा आएका ३ जनाले हतियार देखाई सुनको सिक्री लुटेर भाग्न खोज्दा रामबहादुरलाई स्थानीयले नियन्त्रणमा लिई राखेका थिए । रामबहादुरलाई स्थानीयले पक्राउ गरेर राखेको ईलाका प्रहरी कार्यालय गैंडाकोट र अस्थाई प्रहरी पोष्ट बेल्डिहालाई खबर गरेपछि खटिएको प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिई अन्यको खोजी गरेको थियो । प्रहरीले त्यसपछि गैंडाकोट नगरपालिक –१४ स्थित भाग्दै गरेको अवस्थामा संजय गुरुङको साथबाट उक्त हतियार फेला पारी संजय र आशिष समेतलाई पक्राउ गरेको थियो ।
घटनाका सम्बन्घमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ८ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।