१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पहाडमा मौसम बदली हुँदै, तराईमा हुस्सु लाग्ने




७ पुस ०७८, काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ भने तराई हुस्सु र कुहिरो लागेको छ ।
दिउँसो प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
बिहीबार प्रदेश १, बागमती र गण्डकीका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । बिहीबार राति उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।

 

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ७ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।