१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मेलाम्चीमा ट्रक दुर्घटनामा एक जनाको मृत्यु



फाइल तस्विर

९ पुस ०७८, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका १० शिखरपुरमा महेन्द्रा निसान ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । आज बिहान ८ः३० बजे बा२ख ३६८९ नंको महेन्द्रा निसान ट्रकबाट सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राइले जानकारी दिएका छन् ।
ट्रक लगभग १ सय मिटर तल पुगेको स्थानीयवासीले बताएका छन् । जुगल गाउँपालिका सेलाङका अन्दाजी ३३ वर्षीय कमल कार्कीको मृत्यु भएको निरीक्षक राईले बताए । कार्की गाडी धनी हुन् । अहिले प्रहरीले घटनास्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १० : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।