१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


थप २६० जनामा कोरोना सङ्क्रमण पुष्टि   



८ पुस ०७८, काठमाडौं ।   देशभर पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा ११ हजार ८९६ जनाको पिसीआर परीक्षण गरिएको थियो ।

योसँगै नेपालमा पिसीआर विधिमार्फत् आठ लाख २६ हजार ९०१ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म एन्टिजेन विधिबाट ९६ हजार ११५ जनाको कोरोना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ३४९ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख १० हजार २७१ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८२ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ ।

यसैगरी, पछिल्लो समय तीन लाख २९ हजार ३७१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४८ रहेको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ५ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।