७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


१४ महिने बालक अपहरण, भारततर्फ भाग्न लाग्दा युवक पक्राउ



१० पुस ०७८, जनकपुर । १४ महिने बालकको अपहरण गरेर भारततर्फ भाग्दै गरेको अवस्थामा एक युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत बाजपट्टी–घर भई हाल धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ पुल चोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बुधबार साँझ ७ बजे देखि हराएका रासलाल मुखियाका १४ महिने छोरा कृष्ण मुखियाको खोजतलास गर्ने क्रममा प्रहरी टोलीले बिहीबार अपराह्न करिब ४ बजे नगराईन नगरपालिका–२ स्थित नेपाल भारतको सीमाना नजिकै बच्चालाई लिएर भारत तर्फ भाग्दै गरेको अवस्थामा ठाकुर पक्राउ परेका हुन् ।
प्रहरीले बालक कृष्ण मुखियालाई उद्धार गरी मुखीयाको आमा संगीता मुखियाको जिम्मा लगाएको छ । पक्राउ परेका भारतीय युवक सुरेश ठाकुरलाई धनुषा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धन कार्य भई रहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ८ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।