१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आज शनिबार भन्ने जान्दा जान्दै सरकारले दियो सार्वजनिक बिदा



१० पुस ०७८, काठमाडौं । नेपाल सरकारले आज सार्वजनिक बिदाको घोषणा गरेको छ ।
इसाई धर्मका संस्थापक प्रभु येशु ख्रीष्टको जन्मोत्सवको अवसर पारेर सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको बताएको छ ।
यद्यपि आज शनिबार परेको छ । शनिबार नेपालमा सार्वजनिक बिदा हुने जान्दा जान्दै सरकारले सार्वजनिक विदा घोषणा गरेको हो ।
आज नेपालसहित विश्वभर भव्य रुपमा मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस डे पर्व मनाउने गरिन्छ ।

शनिबार सार्वजनिक विदाको दिन विदा घोषणा गरेको भन्दै सरकारका आलोचकहरुले हाँसो मजाक गरिरहेका छन् ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ८ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।