१३ पुस २०८२, आइतबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


हनुमानढोका दरबार क्षेत्रका तीस सम्पदाको पुनःनिर्माण सकियो   



१० पुस ०७८, काठमाडौं । भूकम्पका कारण क्षति भएका विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रका ऐतिहासिक सम्पदा एकपछि अर्को ठडिन थालेका छन् । क्षति भएकामध्ये हालसम्म ३० सम्पदाको पुनःनिर्माण कार्य सम्पन्न भएको छ ।

केही कोरोनाका भाइरसका कारण रोक्नुपरेको सम्पदा पुनःनिर्माणको कामले अहिले तीव्रता पाएको छ । गोर्खा भूकम्पले पूर्णरुपमा भत्किएको सम्पदा अहिले तीव्ररुपमा पुनःनिर्माणका क्रममा छन् । केहीको अझै काम सुरु गरिएको छैन । यस क्षेत्रका ३० सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेका छन् । यहाँ रहेका ७० सम्पदामध्ये १२ मा भूकम्पले क्षति गरेको थिएन । भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २५ को पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

यस क्षेत्रका सम्पदामध्ये नासल चोक, राणाकालीन सेतो भवन, फरास खाना, पृथ्वीनारायण शाहको शैनकक्ष, त्रिभूवन स्मृति भवन, देगु तलेजु मन्दिरको आगामी दुई वर्षमा सक्नेगरी काम सुरु गरिएको छ ।

त्यसैगरी दश अवतार र काष्ठमण्डपको पुनःनिर्माण काम अन्तिम चरणमा पुगेको छ । अड्डाका कार्यालय प्रमुख सन्दीप खनालका अनुसार अहिले बनिरहेका सम्पदाको काम पूरा नगरी अन्य नयाँ काम सुरु गर्न नसकिने भएकाले अझै क्षतिग्रस्तमध्ये १७ सम्पदाको पुनःनिर्माणको काम हुन नसकेको हो । उनले भने “यहाँ रहेका सम्पदापछि अर्को जोडिएका छन्, त्यसैले एक सम्पदाको काम सम्पन्न नभएसम्म नयाँ काम सुरु गर्न नसकिएको हो, गद्दी बैठक अमेरिकाको सहयोगमा पुनर्निर्माण सम्पन्न भइसकेको छ, जगन्नाथ र गोपीनाथ मन्दिर बागमती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनर्निर्माण भएको हो ।” नासलचोक पश्चिमको राणाकालीन सेतो भवन र नासलचोक तथा गद्दी बैठकबीचको भवन पनि हनुमानढोका दरबार सङ्ग्र्रहालय विकास समितिमार्फत पुनर्निर्माण भइरहेको छ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ४ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।