१३ पुस २०८२, आइतबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आज र भोलि मौसम विग्रने मौसम विज्ञान विभागको अनुमान



१२ पुस ०७८, पुस । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आगामी मङ्गलबार र बुधबार( आज र भोलि) देशभर फैलिएर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
आइतबारदेखि पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भई यी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । आज सोमबार देशको पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्णतया बदली र तराईका भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ७ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।