१३ पुस २०८२, आइतबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सटर फोडेर गोलबजारमा १० लाखभन्दा बढीको चोरी




१२ पुस ०७८, सिरहा । सिरहाको दुई किराना पसलमा सटर फोडेर १० लाखभन्दा बढी मूल्यको सामग्री तथा काउन्टरमा रहेको नगद चोरी गरेको छ ।
गोलबजार नगर ६ गुम्बाचोकस्थित मनोज इन्टरप्राइजेज र लक्ष्मी जेनरल स्टोरबाट करिब नौ लाख मूल्य बराबरको सरसामान तथा दुवै पसलमा गरी एक लाख नगद चोरी भएकोे हो ।
चोरले किराना पसलको सटर फोडेर मनोज इन्टरप्राइजेजबाट १५ बन्डल सूर्या चुरोट, २० बन्डल सिखर चुरोट, दुई लाख बराबरको रिचार्ज कार्ड, एक थान (डेल कम्पनीको) ल्यापटप र काउन्टरमा रहेको नगद ५० हजार रुपैयाँ चोरी भएको पसल सञ्चालक मनोज साहले जनाएको छ ।
लक्ष्मी जनरल स्टोरबाट १० बन्डल सूुर्या चुरोट, १५ बन्डल शिखर चुरोट, एक लाख बराबरको रिचार्ज कार्ड र काउन्टरमा रहेको नगद ५० हजार चोरी भएको प्रहरीले जनाएको छ । चोरीको आशंकामा दुईजनालाई पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्चार्ज सन्तोष राईले बताए ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १२ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।