१३ पुस २०८२, आइतबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


४ महिनामा घट्यो ३१ वटा प्रेस स्वतन्त्रता हननका घटना




१३ पुस ०७८,काठमाडौं । ४ महिनाको अवधिमा नेपालमा प्रेस स्वतन्त्रता हननका ३१ वटा घटना भएका छन् । प्रेस काउन्सिल नेपालको प्रेस स्वतन्त्रता अनुगमन शाखामा अभिलेख भएअनुसार यस अवधिमा देशभर गिरफ्तारीका घटना ५ वटा भएका छन् । त्यस्तै कब्जा तथा अवरोधका घटना २ वटा, आक्रमणका घटना २, धम्की तथा दुव्र्यवहारका १२ वटा र पेसागत असुरक्षाकाm १० घटना वटा रहेका प्रेस काउण्सिलले जानकारी दिएको छ ।
प्रेस स्वतन्त्रता हननका घटनाको अभिलेख हेर्दा सबैभन्दा बढी बाग्मती प्रदेशमा १७ वटा घटना भएको छ भने प्रदेश नं.२, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा २÷२ वटा घटना रहेको छ । यस सम्बन्धी विस्तृत विवरण देहायानुसार रहेको छ
गत आर्थिक वर्ष ०७७÷७८ मा भने ६१ वटा प्रेस स्वतन्त्रता हननका घटना अभिलेख भएको थियो । काउन्सिलले प्रेस स्वतन्त्रता हननका घटनाको अभिलेख राख्ने साथै कतिपय घटनाका सम्बन्धमा विस्तृत अध्ययन एवं अनुगमन गर्दै आएको बताएको छ ।
काउण्सिलले विज्ञप्ति जारी गरेर प्रेस स्वतन्त्रता हननका घटनाबारे जानकारी गराउन पत्रकार तथा मिडिया हाउसलाई मार्फत अपिल गरेको छ ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ५ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।