२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


१३ हजार भन्दा धेरै प्रावि शिक्षकको जागिर खुल्यो




१४ पुस ०७८, काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । आयोगले सातवटै प्रदेशमा खुला, समावेशी सिट छुट्याएर प्रावि तृतीय तहका लागि बुधबार विज्ञापन आह्वान गरेको हो ।
सबैभन्दा बढी कोटा खुलामा ७ हजार २ सय ३ रहेको छ ।
योग्यता पुगेका नेपाली नागरिकले १३ माघसम्म नियमित र २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सक्ने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । आयोगले निमावि र मावि तहमा शिक्षकका लागि यसअघि नै विज्ञापन आह्वान गरिसकेको छ ।
यसअघि आयोगले मावि र निमावि तहमा पनि विज्ञापन खुलाइसकेको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ८ : ४१ बजे