१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सन् २०२२ को पहिलो दिन भारतीय पर्यटकले जनकपुरधाम भरिभराउ



१७ पुस ०७८, जनकपुरधाम । अंग्रेजीको नयाँ साल सन् २०२२ को अवसरमा भारतीय पर्यटकहरूको जनकपुरधाममा घुइँचो लागेको छ ।
भारत विहार राज्यको विभिन्न जिल्लाबाट हजरौंको संख्यामा भारतीय पर्यटकहरू जनकपुरधाम आएका हुन् । नयाँ वर्षको अवसरमा विश्व प्रसिद्ध जानकी मन्दिरमा पूजापाठ गर्न तथा रमाइलो गर्न जनकपुरधाम आउने गरेका छन् ।
कोरोनाको कारण पछिल्लो दुई वर्षदेखि प्रभावित हुँदै आएको नयाँ वर्षमा यस पटक कोरोना संक्रमण साम्य रहेकोले पनि अन्य वर्षको तुलनामा उच्च संख्यामा भारतीय पर्यटकहरू जनकपुरधाम आएका हुन् ।
नयाँ वर्षको अवसरमा स्वदेशी पर्यटकको संख्या पनि सामान्य दिनभन्दा बढी नै रहेको छ । नयाँ वर्षका सुरुवातको धर्मकर्मले गरेको खण्डमा जीवनमा सुख, शान्ति संवृद्धि प्राप्त हुने जनविश्वास रहेकोले पनि सर्वसाधारणको श्रद्र्धालुभक्जनहरूले जनकपुरधाम आउने गरेको छ ।
जानकी मन्दिरका छोटा महन्त रामरोशन दासले अन्य वर्षको तुलनामा यस वर्ष भारतीय पर्यटकहरू उल्लेखनीय संख्यामा जनकपुरधाम जनकपुरधाम आएको बताए । धर्म संस्कृतिप्रति आस्था राख्नेहरु नयाँ वर्षको सुरुवात पनि धर्मकर्म बाटै सुरु गर्न रुचाउने गरेको भारतीय श्रद्र्धालुहरू जानकी जीको शरणमा आउने गरेको उनले बताए ।
भारतीय पर्यटकले जनकपुरका अधिकांश होटेल पनि भरिभराउ छन् । युवा उमेर समूहका बढी भारतीय युवाहरू जनकपुरमा आएका छन् ।
उनीहरूका कारण अहिले होटेल भरिभराउ भएको जनकपुरका होटेल व्यवसायीहरू बताउँछन् । भारतको विहार राज्य सरकारले रक्सी मदिराको विक्रिवितरण बन्द गरेकोले पनि धेरै जसो भारतीय युवा जनकपुरमा रमाइलो गर्न जनकपुर आउने गरेका छन् ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ७ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।