१५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काभ्रेमा संगठन विस्तारलाई तिव्रता दिँदै नेकपा एस



२० पुस ०७८, काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत सामाजवादी)ले काभ्रेपलाञ्चोकमा आफ्नो संगठन विस्तारलाई तीव्रता दिएको छ। पार्टीले दैनिकजसो वडा कमिटी गठनसँगै जनवर्गीय सङ्गठन विस्तार अभियानलाई तीव्र बनाएको हो।
आइतबार धुलिखेल–१२ वडा कमिटी गठन गर्‍यो भने पार्टीले शनिबार चौँरीदेउराली–८ मा वडा कमिटी गठन र पनौती नगरमा युवासंघ गठन गरेको छ। समाजवादीले युवासंघ, किसान र महिला संगठनलाई वडास्तरमा लगिरहेको हो।

काभ्रेपलाञ्चोकमा धमाधम पार्टी वडा कमिटी तथा जनवर्गीय संगठन निर्माण भइरहेको जिल्ला सचिव दीपक गौतमले बताए। गौतमका अनुसार यही पुस मसान्तसम्म सबै वडामा कमिटी गठन सक्ने अभियान रहेको छ।

 

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  १० : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।