१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


५७ उपसचिवहरुको सरुवा, चाँगुनारायण नगरका अधिकारी मन्त्रालय तानिए(सूचीसहित)




२० पुस ०७८, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५७ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । सरुवा तथा पदस्थापनको यो सूचीमा अतिरिक्त समूहमा रहेका २५ उपसचिवहरुसमेत छन् । राष्ट्रिय दलित आयोगका जयबहादुर खड्का क्षेत्री र चाँगुनारायण नगरपालिका भक्तपुरका अग्नि प्रसाद अधिकारीलाई मन्त्रालय तानेर अतिरिक्त समूहमा राखिएको छ ।

यस्तै पहिलेदेखि नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सम्झना देवकोटा र बसन्त बहादुर बोहरालाई यथावतै राखिएको छ । अन्य उपसचिवहरुलाई संघीय मन्त्रालय, प्रदेश मन्त्रालय र पालिकाहरुमा पठाइएको छ ।

राष्ट्रिय सभा निर्वाचन नजिकिएकाले प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर बाहेकका अन्य कर्मचारीहरुको भने अन्तर स्थानीय तह सरुवा स्थगित गरिएको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  २ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।