१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फेरि बढ्न थाल्यो कोरोना, ४३५ सङ्क्रमित थपिए



२१ पुस ०७८, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण ४३५ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले १० हजार २६७ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जानकारी दिइन् ।

उनका अनुसार अहिलेसम्म पाँच हजार २२५ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो समय थप २३९ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।  योसँगै निको हुनेको सङ्ख्या आठ लाख १३ हजार १७६ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै प्रवक्ता डा मिश्राले पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट कसैको पनि निधन नभएको जानकारी दिनुभयो । अहिलेसम्म ११ हजार ६०१ जनाको सङ्क्रमणका कारणले निधन भएकोे छ । उहाँका अनुसार ५०० भन्दाबढी सङ्क्रमण भएको जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् । यस्तै २०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली रहेका छन् । यस्तै शून्य सङ्क्रमित भएका जिल्लामा रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र मुगु रहेका छन् । नेपालमा सङ्क्रमण दर १७ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा चार हजार ८५२, संस्थागत आइसोलेशनमा ३७३, आइसियुमा ८४ र भेन्टिलेटरमा १४ जनाको उपचार भइरहेको छ ।

साढे दुई लाखले खोप लगाए

मन्त्रालयका प्रवक्ता डा मिश्राले आज दुई लाख ४६ हजार ३८५ जनाले खोप लगाएको जानकारी दिइन् । अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा एक करोड ४७ लाख १७ हजार २२६ जना र पूर्ण मात्रा एक करोड आठ लाख चार हजार ४१३ जनाले लगाइसकेका छन् ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ६ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।