१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


र्‍यापर लाउरेसहित चार जनालाई थप दुई साता हिरासतमा राख्न अनुमति



२५ पुस ०७८, काठमाडौं । पोखराबाट लागुऔषधको मुद्दामा पक्राउ परेका चर्चित र्‍यापर लाउरेसहित चार जनालाई थप १७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत कास्कीले लाउरे नामले परिचित आशिष रानासहित चार जनालाई थप १७ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनलाई गत बुधबार २१ गतेदेखि लागु हुनेगरी १७ दिन हिरासतमा राख्न अनुमति दिइएको हो।

प्रहरीले लाउरेसहित चार जनालाई पुस १४ गते राति ७ बजे पोखरा महानगरपालिका स्थित जाल्पारोडबाट पक्राउ गरेको थियो।

उनीसँगै पोखरा २१ घर भएका ३९ वर्षीय ध्रुबबहादुर थापा, रुपा गाउँपालिका ७ घर भएका ३० वर्षीय बिक्की भन्ने नविनकुमार गुरुङ र स्याङ्जा भिरकोट नगरपालिका घर भई पोखरा ८ सभागृह बस्ने २२ वर्षीया सुस्मिता गुरूङ पक्राउ परेका हुन्।

उनीहरूमाथि ब्राउन सुगर कारोबार गरेको आरोप छ। उनीहरूबाट १३.०१ ग्राम ब्राउन सुगर बरामद भएको थियो।

जाल्पारोडमा ब्राउनसुगर खरिद(बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ५ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।