१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


लिपुलेक अतिक्रमणको विषयमा भारतसँग वार्ता गर्न कांग्रेस उपसभापति गुरुङको माग



दार्चुला जिल्लाको छाङरुस्थित नेपाल–भारत सीमा क्षेत्रका सीतापुल दोभान । उक्त स्थानमा बायाँबाट आएको तिङकर नदी र दायाँबाट आएको काली नदी मिसिएको हो । देखिएको तस्वीरको बायाँ भाग नेपाल हो भने दायाँ भाग भारत हो । भारतीय भूमिका देखिएको सडक गुञ्जी, कालापानी हुँदै चीनको मानसरोबर जान लिपुभञ्याङसम्म भारतले हालै बनाएको सडकसँग जोडिन्छ । यसको १० किमीमाथि भारतले अतिक्रमण गरेको भूभाग गुञ्जी दोभान भेटिन्छ । तस्वीर ः नारायण ढुङगाना/रासस

२७ पुस ०७८, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भारतसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् ।
पृथ्वी जयन्तीका अवसरमा ट्वीट गरेका गुरुङले भारतले लिपुलेकसम्म सडक बनाइरहेको विषयलाई ’भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमी लिपुलेकमाथि गरिरहेको दावा’ भनेका छन् ।
यस विषयमा नेपाल सरकारले भारतीय सरकारलाई कुटनैतिक नोट पठाएर तुरुन्त वार्तासमेत गर्न जरुरी रहेको उपभापति गुरुङले सरकारसँग माग गरेका छन् .
उनले लेखेका छन्, ’पृथ्वीनारायण शाहलाई सम्झौं। पृथ्वीनारायण शाहप्रति सम्मान गरौं। विदेशी अतिक्रमणबाट देशलाई जोगाऔँ ।’

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ९ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।