२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


‘ललितपुरलाई स्मार्टसिटी होइन,साँस्कृतिक शहर बनाउँछौं’



प्रेमभक्त महर्जन नेकपा एमाले ललितपुरका नवनिर्वाचित उपाध्यक्ष हुन् । २०३६ सालबाट नेपाली विद्यार्थी आन्दोलनमा प्रवेश गरेका महर्जन नेपाल प्रगतीशील विद्यार्थी युनियन सक्रिय थिए । त्यसताका भएको सत्याग्रहपछि उनी ३ महिनासम्म जेल समेत परे । उनी २०४६ सालको प्रजातान्तिक आन्दोलनमा सक्रिय भुमिका निभाए । २०४८ र ०५४ सालमा ललितपुरको तत्कालीन बुङमती गाविसको अध्यक्ष सम्हालेका थिए । उनै प्रेमभक्त महर्जनसँग ललितपुर एमालेको नेतृत्वमा उपाध्यक्षको रुपमा सर्वसम्मत चयन भएसँगै स्थानीय राजनीतिका सन्र्दभमा हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
कस्तो छ अहिले ललितपुरमा नेकपा एमालेको राजनीति ?
ललितपुर पहिलेदेखि नै लालकिल्लाको रुपमा चिनिदै आएको छ । यो अहिले पनि यहाँ पहिलो पार्टीको रुपमा रहेको छ । हामीले ललितपुर महानगरको बहुमत कार्यसमितीमा जितेका छौं । माहाँकाल गाँउपालिका र महालक्ष्मी महानगर हामीले अघिल्लो स्थानीय निर्वाचन जितेका थियौं ।


तपाईहरु नेतृत्वमा आएपछि के के काम गर्नु हुन्छ ?
अवको नेतृत्वले जिल्लाका सबै पालिकाको स्थानीय निर्वाचन जित्ने गरेर अघि बढ्दैछौं । अहिले हाम्रो ८ हजार ६ सय क्रियाशिल सदस्य बनाएका छौं । यसलाई बढाएर २० हजार पु¥याउने छौं ।
कार्यालयलाई चुस्त बनाएर लैजाने आइटिलाई प्रयोग गरेर कार्यकर्ता परिचलन गर्नेछौं । हामी चाडै २ दिनको वर्कशप गरेर कार्यकर्तालाई प्रशिक्षित गर्नेछौं । जनसंगठनलाई परिचनलन गर्दै अघि बढ्नेछौं ।
वार्षिक क्यालेण्डर बनाएर काम गर्ने, कार्यविधाजन गरेर काम भए नभएको अनुगमन गर्ने संयन्त्र बनाउने छौं ।
केही समयअघि नेकपा फुटेर माओवादी छुट्टियो । एमाले फुटेर माधव समूहले नयाँ पार्टी गठन गरे । यो अवस्थामा एमाले कसरी अघि बढ्छ ?
वास्तवमा नेकपा फुट्न नहुने थियो, फुट्यो । तर ललितपुरमा यो फुटको असर भने खासै देखिएको छैन । ललितपुर क्षेत्र नं. १ बाट खासै कोही गएका छैनन् । अग्रज नेताहरु एमालेमा छन् । २ नम्बर क्षेत्रमा केही नेताहरु गएका छन् । तर तल्लो तहका नेताहरु एमालेमै रहेको बताइरहेका छन् । तीन नम्बर क्षेत्रमा पनि केही साथीहरु गएका छन् । तर पनि हामी विभिन्न योजना ल्याएर गएका छौं । यो फुटले धेरै क्षति गरेको छैन । हामी आउँदो निर्वाचनमा देखाई दिन्छौं ।
माओवादी केन्द्रका केही नेताहरु पार्टी एकतालाई हामी स्वीकाछौं । फुटदैनौं भनेर एमालेमै रहनु भयो । यसबाट ललितपुरलाई कति भरथेग गर्ला तपाई उहाँहरुलाई कसरी मिलाएर लैजानु हुन्छ?
हामीले माओवादी केन्द्का साथीहरु नेतृत्व तहमै रहेर एमालेका काम गरिरहनु भएको छ । ललितपुरमा उहाँहरुले सम्मानित ठाँउ पाउनु भएको छ, पाउनु हुन्छ । हामी सबै वामपन्थी विचार राख्नेहरु मिलेरै काम गछौं । पछिल्लो समय एमालेमा एक किसिमको लहर नै देखेको छु । केही साथीहरु एमाले प्रवेश गरिरहनु नै भएको छ । कार्यक्रम राख्नुस हामी पार्टी प्रवेश गर्छौं भनिरहनु भएको छ । ललितपुरलाई लालकिल्ला बनाउन उहाँहरु सहमत हुनु भएको छ । पार्टी फुटाउदा पनि हामीसँग सहमत हुनेहरु धेरै छन् ।


ललितपुरको विकाश निर्माणमा पार्टीको भूमिका देखिएन नि ?
हामीले गरेको कामको सही प्रकारले प्रचार गर्न सकेनौं । कतिपय ठाँउमा सही काम पनि भएनन् होला । समग्रमा हामीले परिवर्तन नै गर्ने हिसावले काम गर्न सकिएन । हामीले पनि स्वीकार्नु पर्छ । नयाँ टिम आएको छ । ललितपुरलाई कस्तो बनाउने भन्ने हामी भिजन बनाउछौं । २ दिनको वर्कशप गरेर यी कुरा हामी कार्यकर्तामाझ पु¥याउछौं । सडक कस्तो बनाउने, व्यावसायीहरुलाई विकाश प्रयासमा सघाउने, ललितपुरलाई स्मार्ट सिटी होइन सास्कृतिक शहर बनाउन पर्छ भन्ने कुरा आइरहेको छ । विज्ञहरुसँग बसेर टुंगो लगाउछौं ।
दक्षिण ललितपुर जडिबुटी, चियाको सम्भावना छ । औधोगिक क्षेत्र कहाँ बनाउ सकिएला । काष्ठकलाका लागि कहाँ ग्राम बनाउन सकिन्छ । जस्तै बुङमती काष्ठकलाको सम्भावना छ ।
ललिmतपुरलाई कसरी पर्यटकीय क्षेत्र बनाउन सकिन्छ । जनताको आर्यआर्जन कसरी गर्न सकिन्छ । विज्ञहरु राखेर छलफलपछि टुंगो लगाउछौं । त्यसलाई आउदा स्थानीय निर्वाचनमा घोषणापत्र बनाएर जनतामा जान्छौं ।
सहमती गर्दा कतिपय नेताहरु छुटेको अन्यायमा परेको अनुभव पनि गर्नुभएको छ । उहाँहरुलाई कसरी समेटेर लैजानु हुन्छ ?
सहमती गर्दा जनवादी केन्द्रियता हावि भएको भन्ने पनि सुनिएको छ । सबैसँग सहमती गर्नु पनि एक किसिमको लोकतान्त्रिक हुन्छ । धेरै कुरालाई यसरी गर्दा सझिलो हुन्छ । निर्वाचन गर्दा धेरै ठाँउमा आउनु पर्ने साथीहरु नआउने र टिम नमिल्ने काम गर्न अप्ठ्यारो हुने अवस्था आउँछ । नेतृत्वले पनि सबैलाई मिलाउन भूमिका खेल्नुभयो । उहाँहरुलाई धन्यवाद नै दिनुपर्छ ।
नेतृत्व चयनका क्रममा सहमती गर्दा एउटा दुई वटा वडामा समस्या आएको भन्ने सुनिएको छ । जहाँ जहाँ समस्या आएको छ । त्यो ठाँउलाई मिलाउने र उहाँहरुलाई कसरी समेटेर जाने भन्ने विषयमा हामी छलफल गर्छौं । मिलाएर लैजान्छौं ।


संगठन विस्तारका लागि एकालेको योजना कस्तो हुन्छ ?
हामी पार्टी फुटेको ठाँउमा परिपूर्ति गर्नेतर्फ लाग्छौं । डाटा केलाएर हामी समस्या भएको ठाँउमा हाम्रो ध्यान केन्द्रिय हुन्छ । पार्टीबाट बाहिर गएका साथीह्ररु नबुझेर गएको हुन पनि सक्छ । हामी बुझाउने र मुल घरमा फर्कन आग्रह गर्छौं । हामी छाती फराकिलो बनाएर उहाँहरुलाई पनि समेटेर लैजान्छौं ।
पार्टी एकीकरण हुँदा लामो समय कार्यकर्ता निश्किय रहे । यसले पार्टीलाई जीवन दिन सकेन । यसको क्षतिपूर्ति गर्न के गर्नुहुन्छ ?
३ वर्षसम्म हामीले गरेको राम्रो काम कार्यकर्तामाझ पुगेन । जनसंगठनहरुको चलायमान रहेन । अव हामी नेतृत्व सम्हालेर लगत्तै हामी प्रत्येक वडाहरुमा बैचारिक रुपमा प्रशिक्षित गर्ने ढंगबाट अघि बढ्छौं ।
हामी बैचारिक हिसावमा बुझाउने क्रममा एमाले के हो ? मास्कवाद के हो ? हामी नेपाललाई कुन रुपमा अघि बढान चाहिरहेका छौं ? विचार नदिई कार्यकर्ताहरुलाई आउनुस् आउनुस् भन्दा कहिले कता कहिले कता हुने अवस्था आउछ । हामी हाम्रा नेताहरुलाई जिताउन भुमिका खेल्छौं । जितेपछि कसरी अगाडि बढ्ने त्यो योजना पनि हामी लिएर जान्छौं ।

 

 

 

 

 

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ७ : २४ बजे