
माया योन्जन
२९ पुस ०७८,दोलखा । दोलखा गौरीशंकर क्ष्ोत्रका स्थानीय गाँजा सदुपयोग गर्दै धागो निकाल्ने प्रयोजनका लागि बोक्रा संकलन गर्न लाथेका छन् ।
दोलखाको हिमाली क्षेत्रमा गाँजालगायतका बोटविरुवाबाट धागो निकालेर आय आर्जनको बाटो रोज्ने क्रम बढेको छ । हिउद लागेसङ्गै भाङ्गो बोक्रा अर्थात गाजको बोक्रा निकाल्नेहरुको जमात प्रसस्त भेटिन्छ । बनजङ्गलमा गाजाको बोक्रालाई प्रसोधन गरि उच्च गुणस्तरको धागो उत्पादन हुनेहुदा ब्यायबसायीहरुको त्यसतर्फ ध्यान केन्द्रित भएको छ ।

हिमाली क्षेत्रमा पाइने अल्लो भाङ्गोको बोक्रालगायतका सामाग्री दिनप्रतिदिन मानिसहरूको आकर्षण बढ्दै गएकोले यस्ता बनजङ्गलमा त्यतिकै खेर गैरहेको कच्चापदार्थले बजार पाउन लागेको हो ।
नेपालको विभिन्न जिल्लाहरु जस्तै रुकुम रोल्पा लगायतका जिल्लाहरुमा अल्लो तथा गाजाको बोक्राको ब्यायबसायिक उत्पादन तथा उद्योगको रुपमा बिकास भएपनी दोलखा लगायतको हिमाली जिल्लाहरुमा सीप र प्रबिधिको अभाबले यस्ता कच्चापदार्थको उद्योगको रुपमा बिकास हुनसकेको छैन ।
पछिल्लो समय दोलखाको उत्तरी क्षेत्र गौरीशंकर गाउपालिका ८ खारेका उद्धव बिश्वकर्माले जङ्गलमा पाइने अल्लो तथा भाङ्गोका बोक्रा अर्थात गाजाको बोक्रा सङ्कलन गरि आयाआर्जको बाटो रोजेका छन् ।
सङ्कलन गर्ने मौसम पनि मङ्सिर देखि माघसम्म रहेको र पछिल्लो समय मागपनी बढ्दै गएको तथा स्थानीय कच्चापदार्थको सदुपयोग हुनको साथै स्थानीयले पनि केहिहद सम्म सामान्य रोजगार प्राप्त गर्ने हुदा आफुले यस्ता कच्चापदार्थ किनबेच गर्न लागेको बिश्वकर्माको भनाइ छ ।
गौरीशंकर सरक्षण क्षेत्रमा गाजा प्रतिबन्दित लागू औषध भएकोले यसको बोक्रा बिक्री भनेर प्रशासनबाट सङ्कलन तथा छुट पुर्जी लिने नमिल्ने व्यावसायीहरु बताउछन् । तर अल्लोको शिर्षक दिएर पुर्जी लिने गरेका हुन् ।
गाउभरि एक जनाले सङकलन पुर्जी लिएको हुन्छ भने गाँउलेले संकलन गरेर उनलाई बुझाउछन् । सबै सामान जम्मा भैसकेपछी म आफै खरिद गरेर काठमाडौं पठाउने गरेको विश्वकर्मा बताउछन् । जिल्लामा नै प्रयाप्त कच्चापदार्थ नहुदा काठमाडौं नै पठाउने गरेको उनको भनाई छ । अघिल्लो बर्ष खासै दररेटको प्रतिस्पर्धा नभएको तर यस बर्ष ठेगेदारहरु धेरै जन्मिएकाले धेरै नाफा लिन नसकिएको बिश्वकर्मा बतााउछन् ।







प्रतिक्रिया