१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मेडिकल कलेजका सञ्चालकलाई कालोमोसो




३० पुस ०७८, काठमाडौं । मेडिकल कलेज सञ्चालक सुनिल शर्मामाथि सिंहदरबार परिसरभित्रै कालोमोसो दलिएको छ। शिक्षा मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा सहभागी भएर बाहिर निस्किएपछि शर्मामाथि कालोमोसो दलिएको हो।

कालोमोसो दल्नेहरु माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी संगठन अनेरास्वियूका कार्यकर्ता रहेको बताइएको छ। कालोमोसो दल्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। अनेरास्ववियुका उपमहासचिव महेश श्रेष्ठको नेतृत्वमा शर्मामाथि शिक्षा मन्त्रालयको गेटमै कालोमोसो दलिएको हो।

एमबीबीएस लगायत चिकित्सा शिक्षामा चर्को शुल्क लिएको भन्दै विभिन्न मेडिकल कलेजका विद्यार्थी लामो समयदेखि आन्दोलनमा छन्। मेडिकल कलेजले चर्को शुल्क लिने काम बन्द नगरे संघर्ष गर्ने चेतावनी सत्ता गठबन्धन दलका निकट विद्यार्थी संगठनहरुले यसअघि चेतावनी दिएका थिए।

सुनिल शर्माले विराटनगरमा नोबेल मेडिकल कलेज र काठमाडौ सिनामंगलमा काठमाडौं मेडिकल कलेज सञ्चालन गर्दै आएका छन्। उनले चिकित्सा शिक्षा आयोगले तोकेको ४० लाखभन्दा बढी शुल्क लिइरहेको बताइन्छ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ८ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।