
१ माघ ०७८, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पिसीआर परीक्षणका क्रममा उनमा सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव यम पाण्डेले जानकारी दिएका छन् । नेता पौडेल घरमा आइसोलेशनमा बसेर स्वास्थ्यलाभ गरिरहेका छन् ।







प्रतिक्रिया