१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दर्शकले महोत्सवको स्टेज भत्काए, गाडीमा आगजनीपछि प्रहरीद्वारा अश्रु ग्याँस प्रहार




प्रकाश तिम्सिना
४ माघ ०७८, सुनसरी । सुनसरीको बर्जू गाउँपालिका–६ स्थित चिमडीमा जारी बर्जू महोत्सवमा दर्शकले आगजनी र तोडफोड गरेका छन् ।
मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी नायक खेसारीलाल यादव आउने कार्यक्रम थियो । बिहानैदेखि टिकट काटेर बसेका दर्शकले अन्तिम समयमा यादव नआउने थाहा पाउनासाथ स्टेजमा आगो लगाएका हुन् ।
उनीहरूले भारतीय ४ ओटा स्कार्पिओमासमेत आगो लगाएका छन् । आगलागीबाट टेबल, कुर्सी, साउन्ड सिस्टम जलेर पूर्ण रूपमा नष्ट भएको छ । तोडफोडबाट ठूलो जनधनको क्षति भएको बताइएको छ ।
घटनास्थललाई नियन्त्रणमा लिनका लागि मोरङ र सुनसरीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । भिडलाई नियन्त्रणमा लिन अश्रु ग्याँस प्रहार गरिएको उनले बताए ।

बर्जुतालको खेलमैदानमा पुस २४ गतेदेखि महोत्सवको आयोजना गरिएको थियो । मंगलबार महोत्सवको अन्तिम दिन थियो । कोरोनाको संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले पत्र नै काटेर महोत्सव रोक्न भनेको थियो । तर, आयोजकले प्रशासनको निर्देशन अवहेलना गर्दै महोत्सव जारी राखेको थियो । न्युज कारखाना

 

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ९ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।