६ माघ २०८२, सोमबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


त्रिविका सबै परीक्षा स्थगित



६ माघ ०७८, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै परीक्षा स्थगित भएका छन्। परीक्षा नियन्त्रण कार्यालय बल्खुले बिहीबार सूचना जरी गर्दै यही माघ ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि हाल चलिरहेका परीक्षा स्थगित हुने जनाएको छ।

कोरोनाको ओमिक्रोन भेरियन्टको तीब्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापक समेत संक्रमित भएका कारण परीक्षा स्थगित गर्नुपरेको त्रिविले जनाएको छ।

बिहीबार बसेको परीक्षा सञ्चालक समितिको बैठकले त्रिविद्वारा सञ्चालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ।

बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले परीक्षा केन्द्रहरूको अनुगमन गर्न निर्देशन दिँदै स्वास्थ्य मापदण्ड पालना नभएको भए परीक्षा स्थगित गर्न निर्देशन दिएका थिए।

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ५ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।