१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


डाक्टरलाई कोरोना लागेपछि टेकु अस्पतालमा खोप अभियान स्थगित




९ माघ ०७८, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरसविरुद्धको खोप अभियान एक हप्ताका लागि स्थगित गरिएको छ ।
अस्पतालका निर्देशक डा मनिषा रावलले अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएकाले स्थगित गर्नुपरेको बताइन् । उनका अनुसार भोलि माघ १० देखि माघ १६ गतेसम्म खोप अभियान स्थगित गरिएको हो । अस्पतालमा कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुष्टर डोज उपलब्ध गराउँदै आएको थियो ।

 

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ७ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।