१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नालीमा परेर मर्यो गैँडा




९ माघ ०७८, चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गल नजिक निर्माणाधीन सडकको नालीमा परेर एउटा गैँडा मरेको छ । आज आइतबार दिउँसो करिब ३ः३० बजे गैँडा मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् ।
उनका अनुसार, अन्दाजी ८÷१० वर्षको पोथी गैँडा मृत अवस्थामा भेटिएको हो । घटनास्थलतर्फ निकुञ्जको प्राविधिकसहितको टोली पठाइएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा योसँगै २१ वटा गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी सिकारीले मारेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन् ।

 

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ७ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।