१२ पुस २०८२, शनिबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


उपत्यकामा २९०० सहित नेपालमा थप ८, ४५४ जनामा कोरोना



१२ माघ ०७८, काठमाडौँ । नेपालमा बुधबार थप ८ हजार ४५४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको २० हजार ३ सय ५९ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।
मन्त्रालयका अनुसार ५५७१ पिसिआर परीक्षणबाट र २८८३ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ भण्टामा ४४३३ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा ५ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। हाल देशभर ९० हजार ६७ जना कोरोनाका सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ९ सय जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा २०४१, भक्तपुरमा २९३ र ललितपुरमा ५६६ संक्रमित थपिएका छन्। यस्तै काठमाडौं उपत्यकामा ५५ हजार ८०९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ४००१२, ललितपुरमा १००६९ र भक्तपुरमा ५७२८ सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ५ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।