
१४ माघ ०७८,नुवाकोट । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नुवाकोटस्थित किस्पाङ गाउँपालिका ३ अर्काबेशी बस्ने २० वर्षीय परिमान तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी किस्पाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।







प्रतिक्रिया