१२ पुस २०८२, शनिबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मेलम्ची खानेपानी आयोजनाको काम अघि बढेकोमन्त्री चौधरीको भनाई



फाइल तस्विर

१६ माघ ०७८, काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनामा निर्माण कम्पनी बाँकी काम अघि बढाइसकेको बताएका छन् । मन्त्रालयमा आज आइतबार आयोजना भएको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले काठमाडौँमा मेलम्चीको पानी ल्याउन निर्माण कम्पनी सिनो हाइड्रोसँग आवश्यक प्रक्रिया पूरा गरि सकिएको बताएका छन् ।
निर्माण कम्पनी अहिले निर्माणस्थलमा पुगेर काम गर्न थालिसकेको मन्त्री चौधरीले जानकारी दिएका छन् । आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा बाढी पहिराका कारण पहुँचमार्गसम्म पूर्णरूपमा क्षतिग्रस्त भएको उनले बताए । सरकारले विसं साउन ११ गते सिन्धुपाल्चोक जिल्लालाई असोज मसान्त लागू हुनेगरी विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरेकाले तत्कालीन समयमा केही गर्न सकिने अवस्था थिएन ।
आयोजनाको स्थलगत अवस्था, कानुनी तथा प्राविधिक रायसल्लाह तथा निर्माण कम्पनीसँगको वार्ता तथा प्रक्रियाका कारण निर्णयमा केही ढिलाई भएको मन्त्री चौधरीको भनाइ छ । उनले भने, “अहिले काम अघि बढेकाले उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ ।”

एसियाली विकास बैङ्क (एडिबी) ले मेलम्चीमा आएको बाढी पहिराको क्षतिको विवरण, कारण र स्थायी समाधानका लागि जलाधार संरक्षण गर्ने विषयमा अध्ययन गरिरहेको मन्त्री चौधरीले बताए । अध्ययन सकिएर आएको प्रतिवेदनका आधारमा कार्ययोजना बनाइने उहाँको भनाइ छ ।
मेलम्चीको पानी उपत्यकामा वितरण गर्न चुस्त र दुरुस्त बनाउन मेलम्ची सहायक परियोजनाअन्तर्गत वितरणका लागि आवश्यक संरचना निर्माण भएको र अहिले परीक्षण भइरहेको उहाँले बताए । उनले भने, “वितरण प्रणालीको परीक्षण गर्न बाँकी रहेका ठाउँमा अहिले भइरहेको छ ।”
रासस

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ९ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।