
१७ माघ ०७८, काठमाडौँ । काठमाडौं उपत्यकामा १७२२ सहित नेपालमा सोमबार ५ हजार २९२ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८८ जनाको परीक्षण गर्रा उक्त संख्यामा संक्रमित फेला परेका हुन्।
मन्त्रालयका अनुसार ३४७२ पिसिआर परीक्षणबाट र १८२० एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घन्टामा ८१९१ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा ८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
हाल देशभर ७९ हजार २७२ जना कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै काठमाडौं उपत्यकामा १७२२ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १३६१, भक्तपुरमा ९० र ललितपुरमा २७१ संंक्रमित थपिएका हुन्।
उपत्यकामा ४७ हजार ४०७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३२०१७, ललितपुरमा ९९०७ र भक्तपुरमा ५४८३ सक्रिय संक्रमित छन्।








प्रतिक्रिया