१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कांग्रेसका वडा सभापति हातहतियार खरखजनामा पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

डिवि खालिङ
२० माघ ०७८, सोलुखुम्बु । नेपाली कांग्रेस थुलुङ दूधकोशी गाउँपालिका– ७ का वडा सभापति मिलनकुमार राई पक्राउ परेका छन् ।
काठमाडौ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए ।
हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धानमा मुद्दा परेपछि राई पक्राउ परेका हुन् ।
हातहतियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६ अनुसार कसुरदारलाई ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवथा छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ८ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।