
२० माघ ०७८, बर्दिया । बर्दियामा बस दुर्घटनाहुँदा ३५ जना घाइते भएका छन् । प्रहरीका अनुसार आज विहीबार विहान जिल्लाको बाँसगढी नगरपालिका ३ मा बस दुर्घटना हुँदा २ जनाको अवस्था गम्भिर छ ।
कालीकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना५ख ५३८२ नम्बरको बस सडकदेखि लगभग १५ मिटर तल खसेको थियो ।
दुर्घटनामा त्रिवेणी गाउँपालिका ६ की ११ वर्षीया शीतला उपाध्याय र सान्नी त्रिवेणी गाउँपालिका ७ की ६९ वर्षीया ओमना उपाध्यायको गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनापछि बस चालकलाई प्रहरीको नियन्त्रणमा लिएको बताएको छ ।







प्रतिक्रिया