१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


शनिबार दिउँसोपछि मात्रै मौसममा सुधार हुने



२२ माघ ०७८, काठमाडौं । आज शनिबार दिउँसोपछि मात्रै मौसममा क्रमश सुधार आउने भएको छ ।
मैसम विज्ञान विभागका अनुसार आज राती देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अरु प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुनेछ ।
पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ ।
आइतबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ आँकलन गरिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ७ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।