६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जुम्लामा हिउँले कठ्यांग्रिएर दुईजनाको मृत्यु



हिमपातमा जुम्ला मालपोत
हिमाली जिल्ला जुम्लामा तीन दिनसम्मको भारी हिमपातपछि खुला आकाशमा देखिएको मालपोत कार्यालय जुम्लाको भवन । लेन्स : मनोज बुढाथोकी

दिलमाया शाही
२३ माघ ०७८, जुम्ला । जुम्लामा हिउँले कठ्यांग्रिएर दुईजनाको मृत्यु भएको छ । तातोपानी गाउपालिका–७ वारा गाउँका ४२ बर्ष मुन रावत र तातोपानी–८ की ३७ वर्षकी देवी शाहीको चिसोले कठ्यांग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार वडा नम्बर ७ का पुरुष गोठालो गएको समयमा हिउँमा परेर मृत्यु भएको र महिलाको सेतो चिनी कोर्न जाँदा मृत्यु भएको हो।
यसैगरी तातोपानी गाउँपालिका ८ मा १८ देखि ५५ जना मानिस हिउँमा फसिरहेको तातोपानी गाउँपालिकाले अनुमान गरेको छ । ‘जडिबुटी ( खिरौलो) कोर्न गएका गएका १८ देखि ५५ जना मानिस फसेका भन्ने खबर आएको छ, तर एकिन गर्न सकिएको छैन,’ गाउँपालिका अध्यक्ष नवराज न्यौपाने भने, ‘वडाध्यक्षहरुसँग समन्वय भईरहेको छ ।’ उनले हिउँमा फसेका मानिसहरु ऐडि ओडार, गाग्री ओडार, खोटी सल्लामा बसेका जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार हराएको मानिस ओडारमा बसेको खबर प्राप्त भएको बताए । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले सो क्षेत्रमा खाद्यान्न बोकेर हेलेकोप्टर जाने तयारी भए पनि हिउँ धेरै परेकाले तत्काल उद्धार गर्न सकिने अवस्था नरहेको बताइन् ।
न्युज कारखाना

 

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ९ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।