१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौं उपत्यकामा आजबाट हट्यो सवारीसाधनको जोरबिजोर




२४ माघ ०७८, काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली आधा महिनापछि हटेको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेसँगै मध्यरातिबाट निर्णय लागू भएको हो ।
७ माघ मध्यरातिदेखि जोरबिजोर लागू भएको थियो । त्यसपछि १४ माघमा संशोधन गर्दै सार्वजनिक सवारीसाधनमा जोरबिजोर हटाइएको थियो । तर, निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले कोरोना महामारीमा जारी स्वास्थ्य मापदण्डको पालना गर्नेगरी जोरबिजोर हटाइएको बताए । उनका अनुसार गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्क अनिवार्य गरिएको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ७ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।