१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जुत्ताचप्पल गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु (अपडेट)



फाइल तस्विर

२८ माघ ०७८, दाङ । दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको ज्यान गएको छ ।

बिहीबार राति करिब पौने २ बजे आगलागी हुँदा मानवीय क्षति भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिए ।

चार पुरुष र एक बालिकाको शव फेला परेको उनले बताए । चार तले भवनमा आगलागी भएको हो ।

राति लागेको आगो तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासीले बिहान नियन्त्रणमा लिएका थिए  ।

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको आँकलन छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ८ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।