१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अवैध लागूऔषध सहित पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

२ फागुन ०७८, काठमाडौं । सिन्धुली, कमलामाई नगरपालिका-४ स्थितबाट करिब ३६ केजी ८ सय ७० ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१ ओख्ले बस्ने ४२ वर्षीय कालु बहादुर ब्लोन र १९ वर्षीय कृष्ण बहादुर ब्लोन रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै सोही कार्यालयबाट खटिएको प्रहरीले मरिण गाउँपालिका-७ देउजोर बस्ने ३२ वर्षीय बहादुर गोलेलाई समेत करिब ३२ किलो अवैध लागूऔषध गाँजा सहित गएराति पक्राउ गरेको छ ।

  कास्की, पोखरा महानगरपालिका-१७ राममन्दिर चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय २० ट्याब्लेट र १ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने १९ वर्षीय प्रश्न भण्डारी समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  १२ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।