१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कांग्रेस संसदीय दलको बैठक बस्दै, मुख्य एजेण्डा महाभियोग



३ फागुन ०७८, काठमाडौं । सत्तासीन नेपाली कांग्रेसको संसदीय दलको बैठक आज मंगलबार बस्दैछ ।
कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालका अनुसार बैठक बिहान ९ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।
आजको बैठकमा मुख्य एजेण्डा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध गत आइतबार दर्ता भएको महाभियोग प्रस्तावको समीक्षा र आगामी रणनीति रहेको छ । त्यसबाहेक पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने उनले बताइन् ।
गत आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । जबराविरुद्ध गलत समयमा महाभियोग दर्ता भएको भन्दै प्रमुख प्रतिपक्षी एमाले क्रुध छ ।
एमाले संसदीय दलको बैठक सोमबार बसेको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ७ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।