१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


खरको छानो हटाउन आठ करोड बजेट



3’dfpg] 3/
bdf}nL, !* kmfu’g M tgx’Fsf] cfFa’v}/]gL ufpFkflnsf–^ lxn]vs{df /x]sf] 3’dfpg] 3/ . s]xL ;do cuf8L ufpF–ufpFdf b]Vg kfOg] 3’dfpg] 3/ cfhef]ln nf]k x’Fb} uO/x]sf] 5 . t:jL/ M s[i0f Gof}kfg], /f;;

हेमन्त केसी
५ फागुन ०७८, जाजरकोट । जाजरकोट डोल्पा सडकखण्डको रिम्नादेखि तल्लु बगरसम्मको सडकको स्तरोन्नति गर्नका लागि बजेट स्वीकृत भएको छ । वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भएसँगै यस सडक खण्डका लागि एक अर्ब ८० करोड रुपैयाँ स्वीकृती भएको पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले बताए ।
अहिले सदरमुकाम खलंगाको पासागाडदेखि रिम्नासम्मको सडकमा स्तरोन्नतिको काम जारी छ । ११७ किलोमिटर सडकखण्डमध्ये दुई वर्षअघि पासागाड –रिम्नाको स्तरउन्नतीको लागि बोलपत्र भई अहिले काम जारी छ भने बाँकी रिम्नादेखि नलगाड नगरपालिकाको तल्लु बगरसम्म सडक स्तरोन्नतिका लागि बजेट स्वीकृत भई बोलपत्र गर्ने अन्तिम चरणमा पुगेको पूर्वमन्त्री बस्नेतले बताए ।
जाजरकोट नलगाड नरपालिका –८ मन्मैदेखि रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको ठाँटीखोला जोड्नका लागि यातायात चल्ने भेरी नदीको पुल निर्माणका गर्न बजेट स्वीकृत भई बोलपत्र गर्ने अन्तिम चरणमा पुगेको छ । सो पुल निर्माणका लागि २४ करोड रुपैयाँ स्वीकृत भएको पूर्वमन्त्री बस्नेतले बताए ।
त्यस्तै जाजरकोट–डोल्पा सडक खण्डकै बीच, बीचमा रहेको भेरी नदीमा पुल निर्माण कार्यसमेत जारी छ । बेलिब्रिज निर्माण गरेर तत्काल यातायातका साधनहरु सञ्चालन गर्न सजिलो हुने भएकाले यो आर्थिक वर्षको अन्तिममा पुलहरु निर्माण कार्य सकिने सडक डिभिजन चौरजहारीका प्रमुख धुर्व झाले बताए ।

जाजरकोट खण्डका अधिकांश पुलहरू निर्माण भइसकेकोले डोल्पा खण्डमा मात्र अहिले पुलको काम निरन्तर भइरहेको छ । त्यस्तै रुकुम पश्चिममा एक घर एक धारो निर्माणका लागि एक अर्ब बजेट स्वीकृतकै चरणमा गएको आठबीसकोट नगरपालिकाका नगरप्रमुख गोरखबहादुर केसीले बताए ।
उनका अनुसार नदुवा राडी सडक स्तरोन्नतिका लागि ३० करोड, फुसको छाना हटाउन आठ करोड, राडी बजार क्षेत्रमा सहरी पूर्वाधारका लागि ५० करोड रुपैया स्वीकृत भएको छ । छहरेबगर गोतामकोट १० किलोमिटर सडकका लागि ५० करोड रुपैयाँ बजेट स्वीकृत भ बोलपत्र आह्वान गर्ने चरणमा पुगेको छ । न्युज कारखाना

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  १२ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।